आर्थिक मन्दीका कारण मेची भन्सार कार्यालय सुस्तायो

देशको प्रमुख नाका मध्येको पूर्वी कांकरभिट्टमा रहेको मेची भन्सार कार्यालय आर्थिक मन्दीका कारण केहि बर्षदेखि सुस्ताएको छ । यो नाकाबाट हुने कारोबार घट्दा भन्सार राजश्व प्रभावित त छ नै भन्सारसंग आश्रीत सम्बद्ध सबै समस्यामा परेका छन् ।देशको प्रमुख नाका मध्येको पुर्वी कांकरभिट्टा स्थित मेची भन्सार कार्यालय सुस्ताएको छ । पछिल्लो समय देखा परेको आर्थिक मन्दीका कारण यो नाकाबाट हुने कारोबार घट्दा भन्सार कार्यालय अहिले सुनसान जस्तै छ ।

सधैँ मालसामान तथा सेवाग्राहीको भीडभाड हुने मेची भन्सार कार्यालय अहिले सुनसान हुंदा कर्मचारी फुर्सदिला देखिन्छन ।
विश्वमा देखिएको आर्थिक मन्दीको असर राजस्व संकलन मा देखिएको छ । राजश्वको प्रमुख हिस्सा ओगटेका पेट्रोलियम पदार्थ बस्तुको आयात घटेको तथा सुपारीमा कोटा प्रणाली लागु भएको , कोइला आयात बन्द भएको कारण तथा विविध कारणले भन्सार पहिलेको तुलनामा सुस्ताएको भन्सार अधिकारी बताउंछन् ।

यो भन्सार केहि बर्षदेखि राजश्व संकलनमा असफल बन्दै गएको छ । भन्सारले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १० अर्ब रुपैयाँ राजस्वको लक्ष्य राखेकामा ७ अर्ब रुपैयाँ मात्र असुली गरेको छ । यो कुल लक्ष्यको ७० प्रतिशत हो ।यता सधैँभरि मालबाहक गाडी पास गराउनका लागि व्यस्त रहने मेची भन्सारका एजेन्ट अहिले फुर्सदिला भएका छन् । सामान आउन छाडेपछि गाडी पास गराउने चिन्ता र काम नभएकाले फुर्सद भएको भएको बताउंछन् । कामदार कटौती गरिएको र व्यवसायबाट पलायनको स्थिति आएको उनीहरु बताउंछन् ।
अर्कोती बर्षौंदेखि भन्सारमा सामान लोड अनलोड गर्दै आएका मजदुरको पनि बिचल्ली भएको छ । भन्सारमा काम नहुंदा आफुहरु फुर्सदिला भएको उनीहरु बताउंछन् ।

पूर्वीनाका काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालय भुटान र बङ्गलादेशसहित उत्तरी भारतको पश्चिम बङ्गाल, सिक्किम र आसामसम्म हुने व्यापारको राजस्व सङ्कलन गर्ने निकाय हो । तेस्रो मुलुकसँगको व्यापारसमेत यही नाकाबाट हुने गर्दछ । झापा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->