तुलसीपुर महोत्सव २०८० सुरु

स्थानीय वस्तु प्रवद्र्धन, समृद्ध नेपाल निर्माण हाम्रो अभियान भन्ने मूल नाराकासाथ तुलसीपुर महोत्सव २०८० सञ्चालनमा आएको छ ।

महोत्सवबाट उठेको आम्दानीले तुलसीपुरका अधुरा योजनामा लगानी गर्ने उद्देश्यले तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर महोत्सव २०८० सञ्चालनमा ल्याएको हो ।

महोत्सवमा स्थानीय जातजातिहरुको फूड फेस्टिवल, स्थानीय उत्पादनको प्रदर्शनी, हस्तकला, सूचना प्रबिधिको प्रदर्शनी, अटोमोवाईल्स, औद्योगिक ब्यापार तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजक तुलसीपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

दाङ उपत्यकामा हवाई सेवा नियमित हुन नसक्नु दुर्भाग्य भएको भन्दै नियमित उडान गर्न तुलसीपुर उद्योग वाणिज्य संघले लिएको पहलमा नेपाल वाणिज्य महासंघले पनि सघाउने नेपाल वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य बताउछन् ।

महोत्सवबाट उठेको रकमबाट स्थानीय तहसंगको सहकार्यमा दमकल खरिद, मानव सेवा आश्रमको भवन निर्माण, श्रवणशक्ति कम भएका वालवालिकाहरुको लागि अक्षयकोष स्थापना, आचार्य गुरुकुलको भवन निर्माण सहयोग र अरनिको मैदान संरक्षण गर्ने पाँच उद्देश्य लिएर तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सव आयोजा नगरेको तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेत बताउछन् ।

चर्को आर्थिक मन्दिका कारण तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको औद्योगिक ग्राममा कोहीपनि आउन नसकेको भन्दै अर्थतन्त्रको यही अवस्था रहे उद्योगी ब्यबसायी पलायन हुने तुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खड्का बताउछन् ।

५० लाख बढी बचत गरेर दमकल खरिद, मानव सेवा आश्रमको भवन निर्माण, श्रवणशक्ति कम भएका वालवालिकाहरुको लागि अक्षयकोष स्थापना, आचार्य गुरुकुलको भवन निर्माण सहयोग र अरनिको मैदान संरक्षण देखि टरीगाउ बिमानस्थलमा नियमित हवाई उडानका लागि खर्च गर्ने उद्देश्यका साथ तुलसीपुर उद्योग वाण्ज्यि संघले महोत्सवको आयोजना गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->