काठमाडौँ । नेपाल एपीएफ स्कुल कीर्तिपुरले संचालन गरेको प्रथम एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता २०८० अन्तर्गत शुक्रबार भएको लिग चरणका खेलहरुमा राई स्कुल, नक्सालले हारती शिक्षा मन्दिर सितापाईला एक शुन्य गोलले पराजित गरी विजयी भएको छ।
जसमा राई स्कुल नक्सालको तर्फबाट सोहन श्रेष्ठले एक गोल गरेका थिए । शुक्रबार भएको दोश्रो खेलमा ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातिर्थले नेपालय हाईयर सेकेण्डरी स्कुल, कलंकीलाई आठ शुन्य गोल अन्तरले पराजित गरेको छ ।
ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातिर्थको तर्फबाट जोतिष बहादुर शाही ४,चक्र मन्याल२, विनोद गुरुङ्ग एक र प्रभाष शाहीले एक एक गोल गरेका थिए ।
त्यसैगरी शुक्रबारै भएको अर्को भएको तेस्रो खेलमा नेपाल एपीएफ स्कुल, कीर्तिपुर क ले मोर्डन ईन्डिएन स्कुल चोभार तीन शुन्य गोल अन्तरले पराजित गरेको छ ।
जसमा नेपाल एपीएफ स्कुल कीर्तिपुरको क को तर्फबाट तेन्जिङ्ग शेर्पा २ र रोहित गोलले एक गोल गरेका थिए ।
