झापा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले कोभिड–१९ पछि यातायात क्षेत्रमा थपिएको चूनौतिलाई समय सापेक्ष परिस्कृत गर्दै अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । झापाको काँकरभिट्टास्थित पूर्व मेची बस व्यवसायी प्रालिको चौथो वार्षिक साधारण सभाको शुक्रवार उद्घाटन गर्दै उनले यातायात क्षेत्र यात्रु वर्गलाई सुव्यवस्थित तरिकाले सेवा प्रवाह गर्दै आयआर्जन गर्ने पृथक प्रकृतिको व्यवसाय भएको चर्चा गरे ।
सभाको उद्घाटन सत्रका विशिष्ट अतिथि कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनालीले प्रालि हुनुअघिको मेची बस व्यवसायी संघ व्यवसायी र मजदूरले सँगै हाँकेको संस्था भनेर देशभर चिनिएको बताए । काँकरभिट्टा बस टर्मिनल तथा प्यारिभिट्टा बस पार्क व्यवस्थापन समिति मेचीनगरका अध्यक्ष डिल्लीराम घिमिरे, समितिका सदस्य सचिव माधव अर्याल, नेपाल यातायात मजदूर संघका केन्द्रीय सल्लाहकार बसन्त तिवारी, महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोष काँकरभिट्टाका अध्यक्ष मोहन रिजाल, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन मेचीनगरका अध्यक्ष राजकुमार सुवेदी, प्रालिका सल्लाहकार मोहनप्रकाश उप्रेती र सगरमाथा यातायात प्रालिका अध्यक्ष नविन कोइराला शुभकामना मन्तव्य राखेका थिए ।
प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले सांगठानीक प्रतिवेदन प्रस्तुत गरेको सभाको उद्घाटन सत्रमा स्वागत प्रालिका सञ्चालक दीपक तामाङ र सञ्चालन प्रालिका प्रबन्ध निर्देशक राजेन्द्र रिजालले गरेका थिए । कनकाई नगरपालिकास्थित पर्यटकीयस्थल धनुषकोटीधाममा आयोजित सभाको बन्द सत्रले प्रालिको नयाँ नेतृत्व चयन गर्ने छ ।
