अख्तियार दुरुपयोग अनुसन्धान आयोगको३३औँ स्थापना दिवस मनाइँदै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३३औँ स्थापना दिवस मनाउँदै छ । ‘सुधारौँ सोच, संस्कार र व्यवहारस् नियन्त्रण हुन्छ भ्रष्टाचार’ भन्ने नाराका साथ अख्तियारले आफ्नो स्थापना दिवस मनाउन लागेको हो । दिवसका अबसरमा अख्तियार परिसरमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितीमा विशेष कार्यक्रम गरिएको छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले अख्तियार दुरुपयोग गरेकोबारे अनुसन्धान गर्ने जिम्मेवारीसहित संवैधानिक निकायका रूपमा २०४७ सालमा आयोग स्थापना गरिएको हो । आयोगले अख्तियार दुरुपयोग भएका विषयमा अनुसन्धान र छानबिन गरी मुद्दा दर्ता गर्दै आइरहेको छ ।

यो बर्ष पुससम्म २२ हजार १ सय २७ उजुरी दर्ता भएका छन । आयोगले विशेष अदालतमा दायर गरेका मुद्दामा ७० प्रतिशतभन्दा बढीमा दाबी विपरीत फैसला हुनु गरेको छ । उजुरीमध्ये ५० प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेको बताइएको छ । स्थानीय तहपछि अख्तियारमा भूमि र शिक्षासँग सम्बन्धित उजुरी धेरै छन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->