पर्वत र बाग्लुङको सीमा भएर वग्ने कालिगण्डकी नदीमा नेशनल ¥याफ्टिङ च्याम्पियनसिप प्रतियोगिता सुरु

पर्वत र बाग्लुङको सीमा भएर वग्ने कालिगण्डकी नदीमा नेशनल ¥याफ्टिङ च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेशलाई साहसिक खेलकुदको गन्तव्य बनाउने उद्देश्यका साथ कुश्मा नगरपालिका–१ मालढुङ्गास्थित कालीगण्डकीमा नदीमा पहिलो पटक ¥याफ्टिङ प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको पहिलो दिन राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा तनहुँका प्रमोद गुरुङले आफ्ना दुई हिटमा कुल ८६ं.दशमलव ६१ मिनेटको समय लिँदै पहिलो भएका छन । राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा प्रतियोगितामा २५ जनाले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता अन्तर्गत आज सालोलम डाउन रिभर रेस हुने छ ।

प्रतियोगितामा विजेता खेलाडीहरूलाई नगद सहित मेडल तथा प्रमाणपत्र वितरण गरिने छ । प्रतियोगितामा ¥याफ्टिङतर्फ १२ टिम र कायाक सालोलुम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा सात प्रदेश, विभागीय टिम र अन्य क्लबहरूको समेत सहभागिता छ । यही प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको समेत छनोट हुने छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा चार दिन सम्म चल्नेछ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->