विराटनगरमा फेला परेको शंकस्पद वस्तु सुरक्षाकमीद्वारा निस्कृय

कोशी प्रदेशको विराटनगरमा फेला परेको शंकस्पद वस्तु सुरक्षाकर्मीले निस्कृय पारेको छ । विराटनगर महानगरपालिका–३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय छेउमा प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो । सो बस्तु नेपाली सेनाको टोलीले निस्कृय पारेको हो । सो स्थानका खाल्डो खनेर प्रेसर कुकर राखिएको थियो ।

केही समयदेखि शैक्षिक संस्थाहरूमा भूमिगत संगठनको नाममा महासचिव महाविरको दस्तखतसहित नेपाल कम्युनिष्ट पार्टी माओवादी लेखिएको लेटर प्याड प्रयोग गरी चन्दा माग गर्ने गरिएको थियो । चन्दा नदिए ध्वांसात्मक कार्य गर्ने भनेर चेतावनी दिइएको थियो । यसरी धम्की दिने इलाम माम्सेबुङ गाउँपालिका वडा नम्बर १ गजुरमुखीका ३८ वर्षीय प्रविण मिश्र र पाँचथर याङवरक गाउँपालिका–१ का ३० वर्षीय विपिन अधिकारीलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो ।

उनीहरूलाई प्रहरीले पक्राउ गरी सोधपुछ गर्नेक्रममा शैक्षिक संस्थालाई धम्क्याउन प्रेसर कुकर बम बनाएको जानकारी समेत दिएको प्रहरीको भनाइ छ । उनीहरूबाट विस्फोटक पादर्थमा प्रयोग हुने डेटोनेटर, सोडा, सहयोगको ठेली, खाली खाम लगायत बरामद भएको छ । विपिनबाट मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड समेत बरामद भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->