खेलाडीहरुका लागि स्वदेशमै राम्रो वातावरण बनाउनसके विदेश पलायन रोक्न सकिन्छ :केपी ओली

 

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले खेलाडीहरुका लागि स्वदेशमै राम्रो वातावरण बनाउनसके विदेश पलायन हुनबाट रोक्न सकिने बताएका छन् । सोमवार ललितुरको एन्फा कम्प्लेक्समा राजनीतिज्ञ र कलाकारबीच भएको मैत्रीपूर्ण खेलका क्रममा बोल्दै अध्यक्ष ओलीले राम्रो खेलाडीहरुका लागि बाहिर अवसरहरु धेरै रहेकाले पलायनको अवस्था आएको भन्दै देशमै राम्रो वातावरण बनाउन आवश्यक रहेको बताएका हुन् । उनले नेपालले नै अन्तर्राष्ट्रिय स्तरका खेलहरु जितेर भविष्यको लागि राम्रो गर्न आवश्यक रहेको पनि उल्लेख गरे ।

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेलामा रंगशालाको पुनः निर्माणदेखि नयाँ रंगशाला निर्माणमा धेरै काम भएको दाबी समेत गरे ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->