भ्यालेन्टाइन्स डे, विश्वभर प्रेम साटासाट गरी मनाइँदै

आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । प्रत्येक वर्ष फेब्रुअरी १४ तारिखका दिन प्रेमिप्रमिका, श्रीमान श्रीमतीमा प्रमे साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो । यो दिवस अहिले विश्वभर चर्चित छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको हो ।पछिल्ला वर्षहरुमा यस दिनलाई युवायुवतीले प्रेम प्रस्ताव राख्ने रुपमा प्रस्तुत हुन थालेको छ । आजको दिन युवायुवतीले प्रेमको प्रतिक रातो गुलाबको फूल उपाहार दिँदै प्रेम साटासाट गर्न थालेका छन् । भ्यालेन्टाइनस डेलाई प्रणय दिवसका नाममा विकृति बढ्न थालेकोप्रति समाजमा अहिले विभिन्न टिकाटिप्पणी हुन थालेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->