आईसीसी क्रिकेट विश्वकप लिग: नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालको रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले कप्तानी गर्नेछन् । पछिल्लो पटक गत जुनमा जिम्बावेमा सम्पन्न आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो । सट बलमा नेपाललाई फसाउँदै डच टोलीले १६७ रनमा अल आउट गरेको थियो ।

त्यस खेलमा ४ विकेट लिएका लोगन भान बिक यस पटक टोलीमा छैनन् । उक्त लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->