धादिङको बेनिघाट रोराङ –३ स्थित पृथ्वी लोकमार्गको मलेखु सडक खण्डमा बस दुर्घटना

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न –३ स्थित पृथ्वी लोकमार्गको मलेखु सडक खण्डमा बस दुर्घटना भएको छ । काठमाण्ठौ बाट देवघाट जान लागेको बस र बिपरित दिशा बाट आएको ट्रक एक आपसमा ठोकिदा १० भन्दा भन्दा बढि यात्रुहरु घाईते भएका प्रत्यक्ष दर्शीहरुले बताएका छन् ।

दुर्घटना मलेखुको हिलटप होटल अगाडी भएको हो । दुर्घटना हुने बस बा ५ ख ५०७१ र लु १ क ५२६८ नम्बरको ट्रक रहेको बुझिएको छ । दुर्घटनाका कारण पृथ्वी लोकमार्गको मलेखु सडक केहि बेर अवरुद्ध हुन पुगेको थियो । हाल सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय धादिङ जानकारी दिएको छ । घटनाको थप बिवरण आउन बांकी रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->