सडक बनेको ६ महिना मै भुवाङ

मोरङ- मोरङको बिराटनगर रंगेली हुलाकी सडकमा जोडिएको रंगेली नगरपालिका ८ स्थित नेपाल बिधुत प्राधिकरण देखि दर्वेशा कानेपोखरीमा जोडिएको कालोपत्रे सडकको निर्माणकार्य सम्पन्न भएको ६ महिना नपुग्दै बिच सडकमै भुवाङ परेको छ ।

बिधुत प्राधिकरणको कार्यलय अगाडि तीन दिन देखि सो सडको बिच भागमा भुवाङ परेको छ । दैनिक दर्जनौं सवारी हरु उक्त सडक बाट आवतजावत गर्ने गरेता पनि बिच सडकमै भुवाङ पर्दे अहिले उक्ति स्थानमा भासिन सुरु गरेको छ । समयमै उक्त ठाउँबाट मर्मत सम्भार नभए जुन सुकै समयमा ठुलो दुर्धटना हुने सम्भावना बडदै गएको छ ।

खानेपानी संस्थाले सोही ठाउँको पश्चिम पट्टि खानेपानीको पाईपमा सडक बनाउने क्रममा पलास्टिक पाईपमा अलकत्रा हालेपछि पाईप लिकेज भएपछि बिस्तार का क्रममा सडको साईडमा खनेर बिगारे पछि उक्त ठाउँमा समेत बर्षको समयमा सडक नै भत्काउने सम्भावना समेत वडदै गएको छ । समयमै नगरपालिका वा बडा कार्यलय ले समयमै ध्यान नदिए जुनसुकै समयमा समेत ठुलो दुर्घटना हुने सम्भावना समेत बडदै गएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->