आईसीसी क्रिकेट विश्वकप लिग २: नेपालले सानदार जित

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा नेपालले सानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसलाई ९ विकेटले पराजित गरेको हो । नेदरल्याण्डसले दिएको १३७ रनको लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टाएको हो । नेपालका लागि अनिल साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रन बनाए ।

नेदरल्याण्ड्सका लागि भियिन किंग्माले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा अलआउट हुँदै १३७ रनमा समेटियो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३, बास डे लिडेले २७, साइब्रान्ड एन्जलबच्र्टले २३, कायल क्लाइनले नटआउट ११, नोआ क्रोएसले १२, म्याक्स ओ डाउड र आर्यन दत्तले १०–१० रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४, ललित राजवंशीले २, सोमपाल कामी र रोहित पौडेलले १–१ विकेट हात पारे । पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->