काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन पशुपतिस्थित पन्चदेवलमा भईरहेको छ ।

यही शनिवार देखि सुरु भएको ब्रत कथा कवि गुरुकुल, सनातन शक्ती नेपाल र अखण्ड सनातन हिन्दु युवा वाहिनीको संयुक्त आयोजनामा श्रीस्वस्थानी ब्रतकथा बाचन तथा प्रसाद ग्रहण कार्यक्रम भईरहेको हो ।

विशेष गरी स्वस्थानिको महिमा, प्रकृति संग श्रीस्वास्थानीको सम्वन्ध, पुराणका ईतिहास र मानविय धर्म केहो भन्ने विषयमा संक्षिप्त उदाहरण दिन खोजेको उक्त ब्रत कथामा उल्लेख गरिएको छ । यही फागुन १२ गते सम्म चल्ने ब्रतकथाको बाचन भने गुरु कवि संजय निरौलाले गरिरहेका छन् ।

विशेष गरी मानव जिवनको महत्व, मानवले अपनाउनु पर्ने धर्मको बाटो विर्सदैँ गएकाले यस्ता सत्र्माग अवश्यक भएको कवि संजय गुरुको भनाई थियो ।

ब्रतकथा प्रारम्भ भए लगतै भक्तजनहरुको बाक्लो उपस्थिती रहि आएको छ । यसै क्रममा विभिन्न क्षेत्रमा आवद्ध सष्टा र पत्रकारहरुलाई सम्मान गरिएको हो ।

