बृहत कृषि महोत्सवमा अवलोकनकर्ताको घुइचो

 

काभ्रे – शुक्रबारबाट सुरु भएको बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० मा कृषक तथा अवलोकनकर्ताहरुको भिड लागेको छ । जिल्ला समन्वय समिति काभ्रेको संयोजनमा बनेपा नगरपालिका, जिल्ला स्थित कृषि ज्ञान केन्द्र तथा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राविधिक संयोजन एंव १३ वटै पालिकाको सहभागितामा सञ्चालन भइरहेको महोत्सवमा अवलोकनकर्ताहरुको घु“इचो लागेको छ ।

महोत्सव अवलोकन गर्न छिमेकी जिल्ला सिन्धुपलाञ्चोक, सिन्धुली, रामेछाप लगायत काभ्रेका विभिन्न पालिकाहरुबाट आउने गरेको आयोजकले जनाएको छ । वास्तविक किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको बजारीकरण, कृषिमा व्यवसायीकरण, आधुनिकरणका लागि आयोजना गरिएको कृषि महोत्सव किसानलाई निकै फलदायी भएको किसानहरुको भनाई छ ।

कृषकहरुद्वरा उत्पादित कृषि उपज तथा आवश्यक कृषि सामग्री, औजार, उपकरणहरु प्रदर्शनमा राखेर कृषकहरुबिच प्रतिस्पर्धा गराउनुको साथै दर्शकहरुलाई नविनतम् प्रविधिको प्रसारमार्फत उत्पादन एवं उत्पादकत्व अभिबृद्धि गर्नका लागि कृषि महोत्सव आयोजना गरिएको महोत्सवको मूल आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले जानकारी दिए ।
कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरुको महोत्सवमा प्रर्दशनमा राखी कारोवारमा वृद्धि गराउनुको साथै कृषकहरुलाई आवश्यक पर्ने प्रविधि, उत्पादन सामग्री एवं औजार उपकरणहरुको प्रदर्शनीमार्फत कृषकहरु बिचमा विकसित नयाँ प्रविधि एवं सामग्री औजार उपकरणहरुप्रति आकर्षण बढाइ उत्पादन लागत घटाउने महोत्सवको प्रमुख उद्धेश्य रहेको कृषि महोत्सव मूल आयोजक समितिका सदस्य सचिव एवं जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुल प्रसाद दवाडीले बताए ।

फाल्गुण ४ गतेबाट सुरु भएको महोत्सव ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा नविनतम प्रविधिहरुको प्रदर्शन, रैथाने बाली एव प्रविधिहरुको प्रदर्शन, उन्नत बीउ बिजन यन्त्र औजार उपकरण तथा अन्य उपज एंव उत्पादन सामाग्रीहरुको व्यावसायिक कारोवार, स्थलगत बाली उपचार शिविर तथा पशु स्वास्थ्य शिविर, कृषि विमा तथा सहुलियत पुर्ण कर्जा प्रवाह सम्वन्धि छुट्टै स्टलहरु, रैथाने परिकार हस्तकला एंव होमस्टे सम्वन्धि प्रचार प्रसारात्मक स्टलहरु राखिएको बृहत कृषि महोत्सवका उप–संयोजक एवं जिल्ला समन्वय समितिका उप–प्रमुख रिम बहादुर तामाङले बताए ।

महोत्सवको अनुमानित लागत करिव १ करोड १५ लाख रहेको छ । महोत्सवमा प्रवेश निःशुल्क गरिएको र महोत्सवमा करिब १ दर्शकले अवलोकन गर्ने अनुमान मूल आयोजक समितिको रहेको छ ।

 

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->