बालकुमारीमा भएको घटनामा जाँचबुझ आयोगको प्रतिवेदन हेरेर कारबाही हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले दुईजना युवाको ज्यान जानेगरी गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटनामा जाँचबुझ आयोगको प्रतिवेदन हेरेर कारबाही हुने बताएका छन । प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले दोषीलाई कारबाही हुने बताएका हुन । उनले उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन आफूले हेर्न नपाएको बताउँदै हेरेर थप कारबाही अघि बढने स्पष्ट पारे ।

आजैको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र रास्वपाले भौतिक मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेपछि प्रधानमन्त्रीको भनाइ आएको हो । दुईजना युवकको ज्यान जाने गरी भएको बालकुमारी घटनालाई सरकारले गम्भीररु रुपमा लिएको पनि प्रधानमन्त्री दाहालले बताए । जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले उक्त घटना भएको निष्कर्षसहितको प्रतिवेदन गृह मन्त्रालयमा शुक्रबार बुझाइसकेको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->