चरा संरक्षणमा जोड दिदै पंक्षी वास बगैचा सञ्चालनमा

कोशी प्रदेशकै एक विकसीत सहर इटहरीको ब्यस्त बजार क्षेत्र नजिककै चरा संरक्षणमा जोड दिदै पंक्षी वास बगैचा सञ्चालनमा ल्याइएको छ ।नेपाली सेनाको पुर्वी पृतना मुख्यालय इटहरीको पोखरी सहितको बगौचा क्षेत्रलाई औपचारिक रुपमा पंक्षी वास बगैचाका रुपमा प्रधान सेनापति प्रभुराम शर्माले उदघाटन गरेका हुन् ।

पोखरीहरु सहित विभिन्न जातका बोट विरुवा लगाइएको नेपाली सेनाको पुर्वी पृतना परिसरमा रहेको बगैचा क्षेत्रमा फिरन्ते रुपमा साइवेरिया देखि समेत चराहरु आउने गरेको तर्फ मध्यनजर गर्दै चरा संरक्षणमा जोड दिदै पंछी वास बगौचा सञ्चालनमा ल्याइएको वताइयो । ब्यारेक क्षेत्रमा चराचुरुगींहरुको धनत्व धेरै रहेको र यहाँ ४० देखि ५० प्रजातिका चराहरु रहेकोले वातावरण जोगाउन साथै चरा संरक्षणका लागि पंक्षी वास बगैचा वनाइएको पुर्वी पृतनापति उपरथी डा.आशा बहादुर तामाङले जानकारी दिए ।

ब्यारेक क्षेत्रमा ८ ,९ वटा पोखरी रहेका र यहाँ सिमसारमा रमाउने देखि सिजन अनुसारका विदेशबाट समेत चराहरु आउने गरेको समेत पृतनापति तामाङले वताए ।

नेपाली सेनाको इटहरी ब्यारेक क्षेत्रमा रहेका पंक्षी वास बगैचामा चराका १५प्रजाति जति मौसम अनुसार फिरन्ते रुपमा आउने र ३० प्रजाति जति रैथाने रुपमा बस्ने गरेको समेत जनाइयो । खास गरी पुर्वी नेपालमा जाडो महिनामा साइवेरिया देखि चराहरु जाडो छल्न र बच्चा कोरल्न आउने गरे झै पुर्वी पृतनाको पंक्षी वास वगैचामा पनि आउने आगुन्तक चराहरुले वातावरणलाई आनन्दीत वनाउने गर्दछन ।

चराको संरक्षणलाई मध्यनजर गर्दै वनाइएको पंछी बास बगैचामा आप , कागति , लिची , अम्बा,कटहर, अमला ,मेवा, जामुन ,वडर, वर , पिपल लगायतका वोट विरुवाहरु लगाइएका छन । सिमसारका रुपमा रहेका पोखरी , साना ठुला फलफूलका बोट विरुवा लगाइएका बगैचाले चराहरुलाई पंछी वास बगैचामा आकर्षित गर्ने गरेको छ । चराहरुको आगवनले पार्क सहितको पंक्षी वास वगैचामा मानिसहरुलाई समेत आनन्दीत र मनमोहक वनाउने गर्दछन ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->