नेपाली काँग्रेसका नेता शेखर कोईरालाले आफूहरु सधैँ कम्युनिष्टको पछि लागेर हिँड्ने हो ? भनि पार्टी नेतृत्वलाई प्रश्न गरेका छन । आज काठमाडौंमा आयोजित चियापान कार्यक्रममा कम्युनिष्टको पछि लागेर हिडने कि पार्टीको अस्तित्व कायम गर्ने भन्ने विषयमा भोलीवाट महासमितिमा छलफल हुने बताएका हुन । नेता कोईरालाले काँग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।
नेता कोइरालाले जनमत घटिरहेका बेला सरकारमा बसेका छौं भनेर काँग्रेसले खुशी हुनुपर्ने कुनै कारण नभएको पनि दोहो¥याए । महासमिति बैठकमा निर्वाचन प्रणालीमा सुधार ल्याउने विषयमा पनि छलफल हुने उनको भनाइ थियो । विद्यमान निर्वाचन प्रणालीले कुनैपनि राजनीतिक दलको बहुमत आउन नसक्ने भएकाले त्यसमा सुधार गरेर अघि बढ्न काँग्रेसले सबै राजनीतिक दलसँग छलफलका लाग अग्रसरता दिनुपर्ने नेता कोईरालाको प्रश्ताव छ । उनले मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा रहेको उल्लेख गर्दै रेमिटयान्स अर्थतन्त्रको विकल्प खोज्ने गरी निष्कर्षमा पुग्न पनि काँग्रेस महासमिति बैठकले ठोस निर्णय लिनुपर्ने बताए । वरिष्ठ नेता कोईरालाले मुलुकको अर्थतन्त्रको सूचकांक राम्रा छ भनेर प्रधानमन्त्री स्वयंले भने पनि जनताले त्यस्तो अनुभुति गर्न नसकेको जिकिर समेत गरे ।
