बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० ले केवल चेक अनादरको विषयलाई मात्रै नसमेटेको दाबी अर्थमन्त्रीको दावी

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० ले केवल चेक अनादरको विषयलाई मात्रै नसमेटेको दाबी गरेका छन । आज प्रतिनिधि सभाको बैठकमा विधेयकको सैद्धान्तिक पक्षमाथि छलफलमा भाग लिँदै सांसदहरुले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक चेक अनादरसँग सम्बन्धित विषयमा मात्रै केन्द्रित भएको बताएपछि मन्त्री महतले यस्तो जवाफ दिएका हुन । मन्त्री महतले बैंक, वित्तीय संस्था, सहकारी संस्थामा देखापरेका समस्याहरुको विषयलाई विधेयकमा समेटिएको बताए ।

मन्त्री महतले विधेयकमा अन्य धेरै कुराहरु समेट्न बाँकी रहेको भएपनि हाललाई भने पहिलेकै ऐनलाई संशोधन गरी हाल देखा परेका समस्याहरुलाई सुधार गर्नेगरी ल्याइएको बताए । यसअघि छलफलमा भाग लिदै सांसदहरुले विधेयक समयानुकुल हुन नसकेको बताएका थिए ।

डिजिटल प्रणालीलाई विधेयकले समेट्न नसकेको र पुरानो कागजी प्रणालीलाई सम्बोधन गर्नेगरी मात्रै ल्याइएको सांसदहरुको आरोप छ । डिजिटल भुक्तानी, क्रिप्टो करेन्सी र विट क्वाइनमार्फत भइरहेको ठगिको कुरालाई विधेयकले समेट्न नसकेको सांसदहरुको भनाइ थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->