सोमबारदेखि ललितपुरको गोदाबरीमा सुरु भएको नेपाली कांग्रेसको महामिति बैठकको बन्दसत्र आजवाट सुरु भएकोछ । मंगलबार सुरु हुने बन्दसत्रमा विभिन्न चार वटा प्रतिवेदन पेस हुनेछन । बन्दसत्रको सुरुमै पार्टीको नीति, सांगठनिक, राजनीतिक र अर्थन्त्रको वर्तमान अवस्था र चुनौतीबारेका प्रतिदेन पेस हुनेछ ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक, महामन्त्री गगन थापाले सांगठनिक र अर्थमन्त्री तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारेको प्रतिवेदन पेस गर्नेछन् । महामन्त्रीद्वयको प्रतिवेदनमा पार्टी संस्थापन सहमत हुन नसकेपछि विवाद देखिएको थियो ।
सभापति शेरबहादुर देउवाले महामन्त्री थापाको सांगठनिक र अर्का महामन्त्री शर्माको राजनीतिक प्रतिवेदनमा असहमति जनाएका थिए । सभापति देउवाले सांगठनिक प्रतिवेदनमा थापाले चुनावमा कसैसँग गठबन्धन नगर्ने वाक्यांश राखेकोमा आपत्ति जनाएका थिए ।
देउवाले उक्त वाक्यांश हटाउनुपर्ने बताएकामा थापाले भने नहटाउने अडान लिएपछि देखिएको विवादमा गएराति सहमति भएको छ । सहमति सँगै कांग्रेसले महासमिति बैठकमा भविष्यमा हुने चुनावमा एक्लै लड्ने संकल्प गर्ने प्रस्ताव नै लैजाने भएको छ । यो सहमतिसँगै महामन्त्री थापाको साङ्गठनिक प्रतिवेदनले अन्तिम रूप पाएको छ ।
