दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएकोमा ओलीको आपत्ति

 

प्रमुख प्रतिपक्ष दल नेकपा एमाल का अध्यक्ष केपी ओलीले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएकोमा आपत्ति जनाएका छन । पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सरकार आफैँले बनाएको जाँचबुझ आयोगले दोषी करार गर्दा राजीनामा नदिने मन्त्री ज्वालालाई नैतिकता हराएको र हटाउन नसक्ने प्रधानमन्त्रीलाई हुत्तिहाराको संज्ञा दिएका हुन । अध्यक्ष ओलीले दुई जना मानिसको ज्यान समेत गएको घटनामा दोषी करार मन्त्री ज्वालाले कुनैपनि हालतमा पदमा बसिरहन नमिल्ने बताए ।

अध्यक्ष ओलीले सोही घटनालाई चित्रण गर्दै वर्तमान सरकारले लोकतन्त्रको मजाक उडाएको र लोकलाज पचाएको जिकिर समेत गरे । उनले संक्रमणकालिन न्याय सम्बन्धि विधेयक पीडितमैत्री हुुनुपर्छ भन्ने अडान नछोडेका कारण राष्ट्रिय सभा निर्वाचनमा एमाले एक्लिनुपरेको दाबी पनि गरे । राष्ट्रियसभा निर्वाचनअघि नै टिआरसी विधेयक पारित गरौं भन्ने प्रधानमन्त्री र काँग्रेस सभापतिको पटकपटकको प्रस्तावमा विधेयक पीडितमैत्री हुुनुपर्ने आफूहरुको अडानका कारण अघि बढ्न नसकेको दाबी समेत गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले एक वर्षमा केही गर्न नसकेको तथा अब सप्रिन्छु भन्ने निष्कर्ष सुनाएको जिकिर गर्दै ओलीले सरकार सम्पूर्ण रुपमा असफल भएको दाबी गरेका हुन । ओलीले वर्तमान सरकारले मुलुकलाई आर्थिक संकटबाट मुक्त गराउन नसक्ने दाबी पनि गरे । सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफल भएको उनको दाबी छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->