नेपाल ए द्वारा क्यानडा–११ पराजित

दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल ए ले क्यानडा–११ लाई २ विकेटले पराजित गरेको छ । जितसँगै ३ खेलको शृङ्खलामा नेपालले १–१ को बराबरी गरको छ । मुलपानी क्रिकेट मैदानमा क्यानडा–११ ले प्रस्तुत गरेको २ सय ४१ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा सन्दीप जोराले ६६, बसिर अहमदले अविजित ५२, रासिद खानले ४७, अर्जुन कुमालले ४०, किरण ठगुन्नाले १३ रन बनाए ।

क्यानडाका लागि निखिल दत्त, आमोर आलिद र शाहिद अहमदगईले समान २–२ विकेट लिए । त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडा–११ ले ४९.५ ओभरमा अलआउट हुँदै २ सय ४० रन बनायो । क्यानडाका लागि श्रेयस मोभाले सर्वाधिक ६८, नवनीत धालिवालले ४६, आरोन जोनसनले ३६ रन बनाए । नेपालका लागि साहब आलमले ३, शेर मल्ल र राशीद खानले २–२ तथा सागर ढकाल र बसिर अहमंदले १–१ विकेट लिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->