आइसीसी विश्वकप लिग टु अन्तर्गतको खेलमा नेपाल नामिबियासँग फेरि पराजित

आइसीसी विश्वकप लिग टु अन्तर्गतको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । खेलमा नेपालले दिएको १ सय ६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो । नामिबियाका लागि कप्तान गेहार्ड इरामुसले अर्धशतकसहित ५२, जेएस स्मिथ ३४, माइकल भानले ३१, रुबेनले १६ रन जोडे । नेपालका लागि कुशल भुर्तेलले तीन विकेट लिए । दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, ललित राजबंशी र कुशल मल्लले एक–एक विकेट लिए ।

यसअघि नेपाल ३७ दशमलब १ ओभरमा अलआउट हुँदै १ सय ६८ रन बनाएको थियो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रन बनाए । त्यसैगरी कुशल मल्लले ३६ रन, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ रन र करण केसीले १२ रन बनाए । नामिबियाका लागि बर्नार्ड स्कल्ट्ज र निकोल लोफ्टि–इटनले सर्वाधिक चार÷चार विकेट, जेरार्ड एरास्मस र ज्याक ब्रेसलले एक÷ एक विकेट लिन सफल भए । नामिबियासँग नेपालको यो दोस्रो हार हो ।

यसअघि पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । नेपालले भने एक खेलमा नेदरल्यान्ड्समाथि जित हात पारेको छ । नामिबयिा नेपाल विरुद्धको खेलबाट ४ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।नेपालले अब शृंखलाको अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->