राजतन्त्र र हिन्दुराज्य पुर्नस्थापनाको माग गर्दै तौलिहवामा प्रदर्शन

कपिलवस्तु  । कपिलवस्तु संघीय लोकतान्त्रिक गणतन्त्रको अन्त्य, राजतन्त्र र हिन्दु राज्यको पुर्नस्थापनाको माग गर्दै राष्ट्यि प्रजातन्त्र पार्टीको नेतृत्वमा तौलिहवामा राजावादीहरुले प्रदर्शन गरेका छन् ।

तौलिहवा नयांटोल चौकबाट राजतन्त्रको पक्षमा नारावाजी गर्दै प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय चौक अगाडी प्रदर्शन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमा आम नागरिकहरु वाक्क दिक्क भई सकेको भन्दै अब राजतन्त्रको विकल्प नरहेको बताए ।

सो कार्यक्रममा राष्ट्यि प्रजातन्त्र पार्टीका नेता नारायण बहादुर सिंह, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा लगायतका नेताहरुले अब जनता राजतन्त्र र हिन्दु राज्यको पक्षमा गाउं गाउंबाट सडक संघर्षमा उत्रिने दावी गरे ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->