पञ्चकोटमा अनन्तश्री ब्रम्हाण्डीय महायज्ञका क्रममा कशल यात्रा

 

बाग्लुङ – पञ्चकोटमा अनन्तश्री ब्रम्हाण्डीय महायज्ञका क्रममा आज बाग्लुङमा कशल यात्रा गरिएको छ । बाग्लुङ– ६ मा अवस्थित श्री सर्वसिद्विधाम पन्चकोटमा गण्डकी प्रदेशका १ सय ९ जना कन्याले महायज्ञ शुभारम्भ गरेपछि कशल यात्रा गरिएको हो । महायज्ञमा २१ हजार ५ सय ५५ क्विन्टल धान्यान्चल संकलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञका क्रममा आगामी २३ गतेसम्म हरेक दिन विभिन्न कार्यक्रम र सम्मेलन हुनेछन ।

अहिले भइरहेको महायज्ञले अहिले सुस्ताइ राखेको ब्यापार ब्यवसाय प्रबद्र्धन हुने अपेक्षा स्थानीयले राखेका छन । धार्मिक कार्यक्रमले समाजमा नयाँ उत्साह उमंग छाउनुका साथै धार्मिक पर्यटकीय केन्द्र बनाउन मद्दत पुग्ने अपेक्षा सरोकारवालाको भनाइ छ ।

महायज्ञका क्रममा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले ५ हजार ५ सय ५५ केजी मुक्तिनाथ महा घण्टाको उदघाटन गर्ने कार्यक्रम छ । पन्चकोटमा १० बर्षको दौरानमा थुप्रै धार्मिक संरचना तयार भएपछि घुम्न जाने पर्यटक बढेका छन ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->