सरकारका तीन मन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ । आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा नेकपा एमालेका सांसद रघुजी पन्तले बालकुमारी घटनामा नैतिकताको आधारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका हुन । त्यस्तै अख्तियारको छानवीनमा परेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनीस्थित रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँती पनि पदमा बस्न नमिल्ने उनको भनाइ छ ।

सांसद पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल पनि कानून विपरित ठहरिएको रामग्रामको कार्यक्रममा उद्घाटनमा गएको भन्दै त्यसको जवाफ पनि प्रधानमन्त्रीले दिनुपर्ने बताए । तीन मन्त्रीले राजीनामा नगरेमा एमाले चुप लागेर नबस्ने उनको भनाइ थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->