दुर्घटना न्यूनीकरणका लागि सरकारले ऐन नियमलाई परिपालनामा विशेष ध्यान दिने :गृहमन्त्री श्रेष्ठ

 

गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सबारी दुर्घटना न्यूनीकरणका लागि सरकारले ऐन नियमलाई परिपालनामा विशेष ध्यान दिएको बताएका छन । आज नेपालगन्जमा ट्राफिक सप्ताह अन्तरगत सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण सचेतीकरण कार्यक्रम शुरु गर्दैै उनले सरकारले गुणस्तरीय सडक निर्माणसँगै नियम पालनामा जोड दिएका हुन । गृहमन्त्री श्रेष्ठले जबसम्म सबै पक्षबाट सडक अनुशासनलाई पालना हुँदैन तबसम्म दुर्घटना न्यूनीकरणको अपेक्षा पूरा हुन नसक्ने पनि स्पष्ट पारे ।

ट्राफिक कार्यालय लुम्बिनी प्रदेश दाङका प्रमुख श्याम खत्रीले सचेतना कार्यक्रम अन्र्तगत चालकहरुलाई सचेतीकरण, सवारी चेकजाँच, विद्यार्थीलाई ट्राफिक नियम तथा सडक अनुशासन प्रशिक्षण लगायत कार्यक्रम गरिने जानकारी दिए ।

सचेतना अभियान उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सचेतनाका लागि मोटरसाइकल चालकलाई हेलमेट र गाडीमा स्टीकर टाँसेर उदघाटन गरेका हुन । नेपालगन्ज उपमहानगर कार्यालयबाट सुरु भएको सचेतना मुलक ¥याली शुरु भएर धम्बोझी चौकमा कोणसभामा परिणत भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->