सरकारले मुआब्जा नदिएको भन्दै पीडित आन्दोलित

बाराको तामागढी सिम्रौनगढ हुलाकी सडक निर्माणको समयमा सरकारले घोषणा गरेको मुआब्जा हाल सम्म नपरेको भन्दै पीडितहरुले आज आन्दोलन गरेका छन । पीडितहरुले सरकारलाई पटक पटक अनुरोध गर्दा समेत कुनै सुनुवाइ नभएको भन्दै तामागढी सिम्रोनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराले बिरोध गर्दै सडक बन्द गरेर आन्दोलन गरेका हुन ।

तामागढीको प्रस्थान बिन्दुमा हुलाकी सडक बन्द गरेर उनीहरुको आन्दोलन गरिरहेका छन भने पूर्व पश्चिम लोकमार्गसमेत अवरुद्ध गर्न सक्ने भन्दै ठुलो मात्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

२०७८ चैत १८ गते निर्माण सम्पन्न भएको यस तामागढी(सिम्रौनगढ हुलाकी सडक भारत सरकारको अनुदान सहयोगमा निर्मित ३९।७५ किलोमीटर निर्माणको क्रममा सडक बिस्तारमा परेका घर र जग्गाको मुआब्जा दिने सरकारले निर्णय गरेको थियो।

तर सरकारले निर्माण सम्पन्न भएको तीन बर्ष बितिसक्दा समेत मुआब्जा नदिएपछि उनिहरु आन्दोलित भएका हुन । आन्दोलनमा कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र बारागढी गाउँपालिकाका पीडित सहभागी रहेका छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->