अस्पतालबाटै २६ दिनको शिशु हरायो, सीसी टीभीको मद्तले खोज्ने क्रम जारी

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु हराएको घटनामा जिल्ला प्रहरी परिसर, काठमाडौंको संदिग्ध महिलाको खोजी थालेको छ ।

अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट सीसी क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छन् । मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिँड्दै गरेको सीसी टीभीमा देखिएको छ ।

अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको खोजी थालेका छन् । साढे १२ बजेतिर शिशु हराएको भन्दै प्रहरी कहाँ खबर गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले  बताए ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->