प्रमुख नापी अधिकृतसहित ३५९ जना जना विरुद्ध भ्रष्ट्राचारको अभियोग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन दुई जना प्रमुख नापी अधिकृतसहित ३५९ जना जना विरुद्ध भ्रष्ट्राचार गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ ।

साबिक जग्गा दर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको अभियोगमा आयोगले आइतबार तत्कालीन प्रमुख नापी अधिकृत विष्णुकुमार न्यौपानेसहित १७२ विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

यस्तै नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसमेत गरेर थप १८७ जना विरुद्ध पनि स्ववासी जग्गा दर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको गरेको अभियोगमा मुद्दा दर्ता गरेको आयोगका सहसचिव एवं प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार तत्कालीन प्रमुख नापी अधिकृत न्यौपानेसहित १७२ जनाले ३४ करोड ६६ लाख ५४ हजार ८४९ रुपैयाँ बराबर बदमासी गरेको र तत्कालीन नापी अधिकृत धानुकसहित १८७ जनाले ४१ करोड ६२ लाख १९ हजार ८०१ रुपैयाँ बराबर बदमासी गरेको पाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->