सुन तस्करी प्रकरण: प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङ पक्राउ

काठमाडौं । प्रहरीले सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोलीले गुरुङलाई काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

२१ मंसिरमा फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो । त्यो प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा दुबईमा रहेका अंकित अग्रवाल र गुरु भनिने भारतीय नागरिकले १३८ किलो सुन तस्करी गरिसकेको खुलेको थियो । उनीहरुको सम्पर्क प्लाटिनम कलेजका सञ्चालक गुरुङसँग देखिएको अधिकृतहरुको भनाइ छ ।

गुरुङमार्फत तस्करीमा संलग्न मुख्य नाइकेहरुसम्म पुग्न सहज हुने अधिकृतहरु बताउँछन् । उनको माओवादी नेताहरुसँग पनि निकट सम्बन्ध रहेको अधिकृतहरु बताउँछन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->