मेयर बालेन साहले महिला कर्मचारीलाई मानसिक याताना दिएको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाकी एक महिला कर्मचारीले मेयर बालेन साहले आफूलाई मानसिक याताना दिएको आरोप लगाएकी छिन् ।

महानगरकी वरिष्ठ कानुन अधिकृत ९आठौं तह० सस्मिता घिमिरेले मेयर साहले आफूलाई लामो समयदेखि जिम्मेवारविहीन बनाएर ‘टर्चर’ दिएको आरोप लगाएकी हुन् ।

महानगरको कानुन विभागमा दरबन्दी आवश्यक हुँदा समेत आफूलाई नराखेर मेयर बालेनले आफ्ना नजिकका मान्छेलाई राखेको उनको आरोप छ ।

घरमा बस्दा जागिर जाने डरले कार्यालयमा हाजिर गरेर फर्किनु पर्ने बाध्यता रहेको उनको गुनसो छ ।

उनले सामाजिक सञ्जालमा स्टाटस राखेर आफूमाथि अन्याय भएको बताएकी छिन् ।

सचिवालय भन्छ, थाहा छैन, बुझ्दै छौं ।  मेयर साहको सचिवालयले भने यो विषयमा थाहा नभएको भन्दै स्टाटस आएपछि बुझ्ने काम भइरहेको जनाएको छ ।

‘मेयर ज्यूले त उहाँलाई चिन्नुपनि हुँदैन होला । उहाँले भनेको विषयमा बुझिरहेका छौं । अब मानसिक दबाब, तनावको कुरा त कसले गर्छ र ,’ बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने ।

उनले यसो किन भनेको विषयमा अनभिज्ञ रहेको भन्दै शाहले बुझेर मात्रै बोल्ने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->