काठमाडौँ । चिकित्सा शिक्षा आयोगले लिने गरेको प्रवेश परिक्षामा नक्कली परीक्षार्थी लाई परिक्षा दिन लगाएर ३ सय बढी लाई भर्ना लिईएको छ ।
यही माघ २०\२१\२२ गते लिन लागेको पिजी प्रवेश परीक्षामा एमडी एमएस लगायत अन्य अन्य संकायगरी १२ हाराहारिमा विद्यार्थीहरुले सहभागिता जनाएका विशेष स्रोतले जनाएको हा
आफुले रोजेकै विषयमा भर्ना हुन केही विद्यार्थीहरु भर्ना तयारीका साथै कोचिङ लेने गरेका छन् भने केही मोटो रकम दिएर सीट खरिद बिक्रीमा लागेका स्रोतले जनाएको छ ।
प्याराडाइज कोचिङ सेन्टरमा पढने एक जना परीक्षार्थीले नाम नखुलाउने सर्तमा सूचना दिए अनुसार केही नेपालीहरु दिनहुँ लाइब्रेरीमा आएर ६० ७० लाखमा रोजेको खोजेको मिलाई दिने भनी मोलमोलाई गरेको जानकारी दिए ।
यसरी पटक पटक मोलमोलाई भएको कुरा यत्रतत्र हुदाँ पनि सरोकारवालाको ध्यान जान सकेको छैन । २०१५ देखि पटक पटक गरेर १० पटक भन्दा धेरै प्रवेश परीक्षा, मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, स:शुल्क भर्ना प्रक्रियामा भ्रष्टचार हुदाँ पनि कारवाहीको दायरामा आएका छैनन् ।
विशेष स्रोतका अनुसार त्यस्ता व्यतिहरु राजनैतिक दलहरुको विशेष संरक्षणमा रहेको दावी गर्छन् । केही विद्यार्थीहरुको पहलमा नक्कली परीक्षार्थीहरु पक्राउ परेपनि हाल ९ सयको हाराहारीमा नक्कली विद्यार्थीहरु अध्ययनरत रहेको विषेश स्रोतको दावी छ ।
छानबिन गर्नका लागि केही विद्यार्थी नाम र गिरोहका नाइकेहरुका नाम सहित हुलाक मार्फत निवेदन दर्ता गर्न पठाएको प्रतिलिपिहरु ले समेत यो पुष्टी गरेको छ ।
यसरी चिकित्सा क्षेत्रमा भईरहेको बेथीती र कमाउने धन्दालाई ्रप्रवलतादिने प्रबृति नहट्ने हो भने चिकित्सा क्षेत्र अझ धरासायी हुदैँ जाने छ । समयमै सरकारको ध्यान जाओस् ।
