दर्ता नभएका भिटामिन र फूड सप्लिमेन्टहरु बिरामीलाई प्रेस्क्राइब नगर्न आग्रह

चितवन । चितवनको भरतपुर अस्पतालले औषधि व्यवस्था विभागमा दर्ता नभएका न्यूट्रास्यूटिकल्स (भिटामिन )र फूड सप्लिमेन्टहरु बिरामीलाई प्रेस्क्राइब गर्न बन्देज गरेको छ ।

चिकित्सकहरुलाई कुनै पनि बिरामीलाई यस्ता सप्लिमेन्टहरु सिफारिस गरेर किन्न बाध्य नपार्न सूचना नै जारी गरेको छ ।

अस्पतालका प्रवक्ता डा। रामप्रसाद सापकोटाले बिहीबार सूचना जारी गरी यस्ता वस्तु प्रेस्क्राइब नगर्न भनेका छन् ।

अस्पतालको औषधि तथा उपचरात्मक समिति ९ड्रग एण्ड थेराप्यूटिकल कमिटी को निर्णय अनुसार यस्तो निर्णय गरिएको सूचनामा उल्लेख गरिएकोछ ।सूचना अवज्ञा गरेमा कारबाही गर्ने चेतावनी अस्पतालले दिएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->