टी २० आई सिरिज: नेदरल्यान्ड्ससँगको खेलमा नेपाल लाई छैटौं सफलता

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले छैटौं सफलता हात पारेको छ ।

९औं ओभरको पाँचौ र छैटौं बलमा लगातार विकेट लिंदै पार्टटाइम स्पिनल कुशल मल्लले नेपाललाई छैटौं सफलता दिलाएका हुन् ।

मल्लले पाँचौ बलमा नोहाक क्रसलाई अभिनाश बोहोराबाट क्याच गराए भने छैटौं बलमा आर्यन दत्तलाई आउट गराएका हुन् ।

यसअघि करणकेसीले पहिलो ओभरको चौथो र अन्तिम बलमा विकेट लिंदै सुखद सुरुआत गरेका थिए ।

त्यसपछि ८औं पहिलो बलमा प्रतिश जिसीले कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गरेका हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->