प्रधानमन्त्री एक्लैले सम्हाले भए २१ मन्त्रालय, सबै मन्त्रीहरू पदमुक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी सबै मन्त्रीहरूलाई पदमुक्त गरेका छन् ।

कांग्रेससँगको सहकार्य तोडेर एमाले, रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्डले यसअघिका सबै मन्त्रीलाई पदमुक्त गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार सरकारमा नयाँ गठबन्धनबाट तीन जनाले शपथ लिए पनि उनीहरूलाई कुनै जिम्मेवारी तोकिएको छैन् । सोमबार साँझ माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले सपथ लिएका छन् । सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै लिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->