चुनावी सुरक्षामा पारिवारिक समर्पण: बाबु–छोरा र आमा–छोरी एउटै मोर्चामा

अछाम/बझाङ – देशभर चुनावी सरगर्मी बढिरहँदा सुरक्षा व्यवस्थामा पारिवारिक समर्पणका प्रेरक दृश्यहरू देखिएका छन्।

सुदूरपश्चिमका दुई परिवारका सदस्यहरू यतिबेला एउटै उद्देश्यका साथ चुनावी सुरक्षामा खटिएर उदाहरण प्रस्तुत गरिरहेका छन्।

अछामको मङ्गलसेन नगरपालिका–५ निवासी तेजे नगर्ची र उनका छोरा अजय नगर्ची एउटै मोर्चामा रहेर मतदान केन्द्रको सुरक्षामा खटिएका छन्।

बाबु–छोरा दुवै सुरक्षाकर्मीका रूपमा जिम्मेवारी निर्वाह गर्दै शान्तिपूर्ण र निष्पक्ष मतदान सुनिश्चित गर्न सक्रिय छन्। उनीहरू भन्छन्, “देशको महत्त्वपूर्ण लोकतान्त्रिक प्रक्रियामा योगदान गर्न पाउँदा गर्व लागेको छ।”

उता बझाङको खप्तड छान्ना गाउँपालिका–५ मा आमा कल्पनादेवी कार्की र छोरी पवित्राकुमारी कार्की पनि चुनावी सुरक्षामा परिचालित छन्।

आमा–छोरी दुवैले राष्ट्रसेवाको अवसरलाई सम्मानका रूपमा लिएको बताउँदै जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता जनाएका छन्।

चुनावलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउने अभियानमा परिवारका सदस्यहरू नै सँगै उभिनु समुदायका लागि प्रेरणादायी दृश्य बनेको स्थानीयवासी बताउँछन्। लोकतन्त्रको पर्वमा यस्ता उदाहरणहरूले सुरक्षा निकायप्रतिको विश्वास थप बलियो बनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->