नेपाल प्रहरी प्रधान कार्यालयमा “Artificial Intelligence and Advanced Analytics Cell (AI-AAC)” सेलको उद्घाटन

गृहमन्त्री ओमप्रकाश अर्यालज्यूले नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित Artificial Intelligence and Advanced Analytics Cell (AI-AAC) सेलको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ।

सो अवसरमा गृहमन्त्री अर्यालले उक्त सेलको अवलोकन गर्नुका साथै त्यसबाट सम्पादन हुने काम, प्रयोग र उपयोगिता लगायतका विभिन्न गतिविधिबारे जानकारी लिनुभयो।

उद्घाटन समारोहमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू तथा प्रहरी नायव महानिरीक्षकहरूको उपस्थिति रहेको थियो।

बढ्दो साइबर अपराध, गलत सूचना तथा मिथ्या सूचना (Misinformation/Disinformation), संगठित आपराधिक सञ्जाल, वित्तीय अपराध र सामाजिक अस्थिरता सिर्जना गर्ने डिजिटल अभियानजस्ता गतिविधिले राष्ट्रिय सुरक्षा, अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रणमा थप चुनौती सिर्जना गरिरहेको सन्दर्भमा Generative AI, Large Language Models (LLMs), Machine Learning, Predictive Analytics तथा Automation मा आधारित विश्लेषण प्रणालीको प्रयोग अपरिहार्य बन्दै गएको छ। यही परिप्रेक्ष्यमा नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत उच्च प्रविधियुक्त, रणनीतिक तथा भविष्यउन्मुख संरचना “Artificial Intelligence and Advanced Analytics Cell (AI-AAC)” स्थापना गरिएको हो।

यस सेलका मुख्य उद्देश्यहरूमा कृत्रिम बुद्धिमत्ताको संस्थागत अवलम्बन तथा सुदृढीकरण, Proactive Intelligence तथा Early Warning प्रणाली विकास, Cognitive Security तथा सूचना–हेरफेर नियन्त्रण, Cyber तथा Digital Crime Intelligence सुदृढीकरण, AI-Assisted Investigation तथा Judicial-Grade Digital Evidence प्रणाली विकास, AI Misuse Detection तथा Defensive Capability विकास तथा Descriptive, Diagnostic, Predictive एवं Analytical प्रणालीको विकास र विस्तार रहेका छन्।

नेपाल प्रहरीले यस एआई सेलको प्रयोगबाट गलत तथा मिथ्या सूचना सम्प्रेषण भएका पाँच वटा घटनामा संलग्न व्यक्तिहरूलाई बाँके, कञ्चनपुर, सुनसरी, सल्यान र दाङबाट नियन्त्रणमा लिई कानूनी दायरामा ल्याइसकेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले आम नागरिकलाई सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत रहन आग्रह गर्दै सामाजिक सञ्जालको दुरुपयोगबाट गलत तथा मिथ्या सूचना सम्प्रेषण गर्नेलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव सक्रिय रहेको बताउनुभयो। साथै, कानूनको पालना गरी असल नागरिकको परिचय दिन सबैलाई आग्रह गर्नुभएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->