काठमाडौँ । साओमीले बजेट सेग्मेन्टमा नयाँ स्मार्टफोन ‘रेड्मी ए–सेभेन’ ल्याएको छ, जसमा आकर्षक डिजाइन र आधुनिक फिचरहरू समावेश गरिएको छ।
यसमा ६.८८ इन्चको डिस्प्ले, १२०Hz रिफ्रेस रेट र ‘डिसी डिमिङ’ प्रविधि समावेश छ, जसले लामो समय प्रयोग गर्दा आँखामा कम असर पार्छ।
५२००mAh ब्याट्री, साइड फिंगरप्रिन्ट, एआई फेस अनलक र ३.५mm हेडफोन ज्याक जस्ता सुविधा पनि यसमा उपलब्ध छन्। नेपाली बजारमा यसको मूल्य १५,९९९ रुपैयाँ रहेको छ।
