काठमाडौँ । समानुपातिक प्रणालीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरूसँग प्रधानमन्त्री वालेन्द्र शाहले अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन्।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त कार्यक्रम दिउँसो १२ बजे सुरु हुनेछ।
कार्यक्रममा सहभागी सांसदहरूले आफ्नो क्षेत्र र समुदायका प्रमुख समस्या तथा समाधानका उपायबारे धारणा राख्नेछन्।
यसले सरकार र जनप्रतिनिधिबीचको सहकार्यलाई मजबुत बनाउँदै सुशासन र उत्तरदायित्वलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
