काठमाडौँ । रास्वपाले संसदीय समितिका सभापतिका लागि आफ्ना उम्मेदवार घोषणा गरेको छ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकले नौ वटा विषयगत समितिका लागि उम्मेदवार चयन गरेको हो।
राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचन तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदासलाई उम्मेदवार बनाइएको छ।
त्यस्तै अर्थ समितिमा कृष्णहरी बुढाथोकी र उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारीलाई अघि सारिएको छ।
