प्रधानमन्त्री वालेन्द्र शाह र मुख्यमन्त्रीबीच विकास र समन्वयबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा विकास निर्माणका कामलाई तीव्रता दिने, स्रोत–साधनको उचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित छलफल भएको बताइएको छ।

साथै, राष्ट्रिय प्राथमिकताका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीच सहकार्य कसरी सुदृढ बनाउने भन्ने विषय पनि बैठकको मुख्य एजेन्डा रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->