काठमाडौँ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नक्कली नेपाली नोटसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेहरूमा कपिलवस्तुका विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) का सुजन खनाल, सिन्धुपाल्चोकका रोलबहादुर श्रेष्ठ र काठमाडौंका दीपेन्द्र थापा रहेका छन्।
प्रहरीले विशेष सूचनाका आधारमा निगरानी गर्दै उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ।
