अब घरबाटै एनओसी लिन पाइने, त्रिवि–केयूसँग प्रणाली जोडियो

काठमाडौँ । सरकारले वैदेशिक अध्ययन प्रक्रियालाई डिजिटल र सहज बनाउने लक्ष्यसहित एनओसी सेवा पूर्ण रूपमा फेसलेस बनाएको छ।

त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयसँग प्रणालीगत अन्तरआवद्धता भएपछि विद्यार्थीले आफ्ना शैक्षिक विवरण अनलाइनमै प्रमाणीकरण गर्न सक्ने भएका छन्।

यसले विशेषगरी स्नातकोत्तर वा सोभन्दा माथि अध्ययनका लागि जाने विद्यार्थीलाई ठूलो राहत दिएको छ, किनकि अब प्रमाणपत्र रुजु गर्न कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ।

अनलाइन भुक्तानी, क्यूआर कोडसहितको डिजिटल प्रमाणपत्र र स्वतः भेरिफिकेसन प्रणालीले सेवा पारदर्शी र छिटो हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->