आठ जना अग्रज लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान

काठमाडौं । गुरुपूर्णिमाको अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले आठ जना अग्रज लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गरेको छ ।

काठमाडौंको गोंगबुमा आयोजित समारोहमा अग्रज लोक स्रष्टा कुमार बस्नेत, नन्दकृष्ण जोशी, प्रेमदेव गिरी, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व, रामप्रसाद खनाल र हरिदेवी कोइरालालाई सम्मानार्थ सदस्यता प्रदान गरिएको हो ।

यसअघि सदस्यता दिने भनिएका पाका कलाकार बमबहादुर कार्कीले भने सदस्यता लिएनन् ।

गायक रामप्रसाद खनाल अमेरिकामा रहेको र हरिदेवी कोइराला प्रतिकूल मौसमका कारण पोखराबाट काठमाडौं आएर समारोहमा सहभागी हुन नसकेको जनाइएको छ ।

अन्य ६ जना लोक स्रष्टालाई स्वागत गर्दै सम्मानमा उनीहरूका गीत अन्य गायक(गायिकाले प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->