काठमाडौँ । १५औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८० सम्पन्न भएको छ । फागुन २ गतेबाट शुरूवात भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।
शैली थिएटर, रूसी सदन, संस्थागत विद्यालय एसोसिएसन नेपाल तथा ओजस थिएटर एण्ड फिल्म स्टुडियोको आयोजना तथा चलचित्र विकास बोर्डको विशेष सहकार्यमा राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न भएको हो ।

उक्त प्रतियोगिताको समापनको प्रमुख अतिथ्यता अशेष मल्लले गरेका थिए भने, निर्णायकको भुमिकामा किशोर अनुराग र बाबा बस्नेत रहेका थिय ।
उक्त बाल नाटक महोत्सवमा उत्कृष्ट नाटकका रूपमा माउण्ड हार्मेन चिल्ड्रेन एकेडेमी मोरङको नाटक आँधीको मनोरम नृत्यु रहेको थियो । जस्लाई घिमिरे युवराजले लेखेका थिय । भने, प्रेम प्रसाद खतिवडाले निर्देशन गरेका हुन् ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट नाटक निर्देशक रूपमा एलिट ग्रान्ड स्कुल चुच्चेपाटी चावहिलको नाटक अनिश्चित सोच २११२ बाट इच्छा सिंहु पुरस्कृत भएका छन् । त्यस्तै, बाल नाटक महोत्सवमा नाटक विधा तर्फ अनुशासन पुरस्कार होली एन्जल पब्लिक स्कुल गोकर्णेश्वरको नाटक हेप्पी बर्थडेुले पाएको छ भने, बाल नाटक प्रोत्साहन पुरस्कार यू वेष्ट प्वाइन्ट आ।मा।विको नाटक विकास सँगै विकृतिुले पाएको छ ।

त्यस्तै, नाटक विधा तर्फकै उत्कृष्ट अभिनेत्री तर्फ ब्राइट फ्युचर सेकेन्डरी स्कुलको नाटक ढुङ्गाको खिचडीबाट दिव्यान्का ओझाुले पुरस्कृत भएकी छिन् भने अभिनेता तर्फ आकाशगंगा इन्टरनेसनल स्कुलको नाटक मुकुटबाट यमन नगरकोटी पुरस्कृत भएका छन् ।
त्यस्तै, वेष्ट ओर्जीनल राईटिङ अवार्डबाट काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलको नाटक फुलको भाषाले पाएको छ भने, वेष्ट कल्चरल अवार्ड रेडस्टार बोर्डिङ स्कुल मोरङको नाटक हेत्छाकुप्पाुले पाएको छ । त्यस्तै, बेष्ट भोलिन्टियर चोइस अवार्ड लोयला सेकेन्डरी स्कुलको नाटक देवकीुले पाएको छ भने, बेष्ट इन्सेम्बल अवार्ड निसर्ग बाटिकाको नाटक ड्याम भर्सेस ममुले पाएको छ । त्यस्तै, प्रतियोगितामा विभिन्न सहभागी विद्यालयहरूलाई प्रमाणपत्र सहित पुरस्कृृत गरिएको थियो ।

कार्यक्रममा बोल्दै साहित्यकार महेश पौड्यलले विगत १५ वर्षदेखि शैली थिएटरले आयोजना गर्दै आएको नाटकको सफलता सँगसँगै अनवरत निरन्तरताको कामना गरेका थिए । त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि अशेष मल्लले विद्यार्थीमा भएको नाट्य प्रतिभा सधैं अमर रहने विश्वास व्यक्त गरे ।
उक्त नाटक महोत्सवमा विभिन्न प्रतियोगि तथा अप्रतियोगी गरेर २७ वटा नाटक मञ्चन भएका थिए भने, विभिन्न विद्यालयको सहभागीता रहेको थियो । विगत १५ वर्षदेखि विभिन्न संघ संस्थाहरूको सहकार्यमा शैली थिएटरले राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आईरहेको छ ।
