काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्कासन आईपीओ पुनः सुचारु हुने भएको छ ।
अनलाइन प्रणाली सी-आस्वा दर्ता भएका आवेदनहरुमा आवेदकले सेयर कित्ता थपघट गर्न वा आवेदन फिर्ता गर्न सक्ने गरी आईपीओ निष्कानस प्रक्रिया अगाडि बढाउने निर्णय नेपाल धितोपत्र बोर्डले गरेको छ ।
यस्तै आवेदन फिर्ता वा थपघट गर्न निष्कासन तथा बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले तीन दिनको समय दिने निर्णय भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
यदि ३ दिनको अवधिमा कम्पनीको सबै सेयर बिक्री नभएमा थप ७ दिनको समय मात्रै थप गर्न सक्ने गरी धितोपत्र बोर्डले निर्णय गरेको हो ।
‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम १० को उपनियम ९२० मा उपनियम ९१० बमोजिमको अवधिभित्र निष्कासन गरिएको सबै धितोपत्र विक्री नभएमा संगठित संस्थाले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा १५ दिनका लागि धितोपत्रको दरखास्त खुला राख्न सक्नेछ भन्ने व्यवस्था छ ।
घोराही सिमेन्टबारे बोर्डले जारी गरेको विज्ञप्तिः


