काठमाडौँ । आजको शेयर बजारमा व्यापक गिरावट आएको छ।
नेपाल स्टक एक्सचेञ्ज परिसूचक १.१८ प्रतिशतले घट्दै २८३३.०३ बिन्दुमा पुगेको छ।
कारोबार रकम ९ अर्ब रुपैयाँ नाघेको छ भने सबै उपसूचकहरू राताम्मे देखिएका छन्। यद्यपि केही कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकास बैंकको मूल्य सबैभन्दा बढी घटेको छ।
