काठमाडौं । काठमाडौं महानगरपालिकाले ६८ वटा सहकारी संस्थाहरुले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै प्रहरीलाई पत्र काटेको छ ।
कानुनी कारबाहीको लागि महानगरले २०७२ सालदेखि २०८० असारसम्म गरेर करिब २ हजार ७०० जना बचतकर्ताको १ अर्ब २१ करोड ३८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा कारबाहीको लागि पत्र पठाएको हो ।
बचतकर्ताले दिएको उजुरीका आधारमा महानगरले प्रहरीलाई पत्र पठाएको हो ।
