काठमाडौं । संसदीय समितिले भारतलाई १० हजार मेगावाट विद्युत बेच्ने सम्झौताको प्रति माग गरेको छ ।
जेठ १७ गतेदेखि २० गतेसम्म भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतका बीचमा १० वर्षमा १० हजार मेगावाट विद्युत नेपालबाट भारतले खरिद गर्ने सम्झौता भएको थियो । उक्त सम्झौताको प्रति प्रतिनिधिसभाको विकास तथा पूर्वाधार समितिले माग गरेको हो ।
गत जेठ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशका ऊर्जासचिवस्तरमा दीर्घकालीन विद्युत व्यापार ९लङटर्म पीपीए०का लागि प्रारम्भिक सम्झौता भएको थियो ।
जसमा नेपालका ऊर्जा सचिव दिनेशकुमार घिमिरे र उनका भारतीय समकक्षी श्रीआलोक कुमारले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।
